
काठमाडौं । आइतबार राप्रपा छाडेका सुनिलबहादुर थापासहितका केही नेता मंगलबार नेपाली काँग्रेसमा प्रवेश गर्दै छन् ।
आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य पदको माग गरेका थापालाई सह-महामन्त्री तथा अरु ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी काँग्रेसले गरेको छ । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले आइतबार पार्टी छाडेका थिए ।
यसैबीच काँग्रेसले गोविन्दराज जोशी लगायत ३ नेतालाइ निष्काशन गरेदेखि नै असन्तुष्ट काँग्रेसका केही नेताहरु थप रुष्टिएका छन् ।
जोशीसहित पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई आइतबार नै काँग्रेसले निष्काशन गरेको थियो र त्यसलगत्तै थापालाई पार्टी प्रवेश गराउन खोजिएको भन्दै काँग्रेसभित्र विवाद बढेको छ ।