नेकपाको विवाद झन् जटिल, ओली र प्रचण्डबीच आज छलफलको तयारी

काठमाडौं । सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

पछिल्ला दिनहरुमा नेताहरुबीच आरोप(प्रत्यारोप बढेको छ । सहमति नभएपछि दुवै पक्ष आ(आफ्नै रणनीतिमा जुटेको छ । आज बोलाइएको स्थायी कमिटी बैठक टार्ने ओली पक्षको रणनीति छ भने प्रचण्ड र माधव नेपाल समूहले स्थायी कमिटी बैठकबाटै ओलीलाई एक पद छाड्न निर्देशन दिने तयारी गरेको छ ।

हिजो प्रचण्ड र नेपाल समूहको छलफलमा आजदेखि चल्ने स्थायी कमिटी बैठकबाट ओलीलाई एक पद छाड्न निर्देशन दिने सहमति बनेको हो ।

प्रचण्ड(नेपाल समूह जुनसुकै हालतमा आजको स्थायी कमिटी बैठक नरोक्ने निष्कर्षमा पुगेको हो । असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक सहमतिको लागि भन्दै पटकपटक स्थगित हुँदै आएको छ । स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच आज छलफलको तयारी छ ।

Back to top button