नेपालमा ६ हजार ६९५ जना संक्रमित, आज ११६ जनामा संक्रमण पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २ जनासहित ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले हालसम्म सक्रिय संक्रमित ६ हजार ६९५ रहेको र निको भएकासहित जम्मा संक्रमित १७ हजार ६१ रहेको जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् । यो सँगै संक्रमण निको हुनेको कूल संख्या १० हजार ३२८ पुगेको छ ।

Back to top button