
काठमाडौँ । बलिउड अभिनेत्री सारा अली खानको ड्राईभरलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएसँगै सारा अली खानले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन् ।
उनले ड्राईभरमा कोरोना पुष्टि भएसँगै आफ्नो सम्पुर्ण परिवारको कोेरोना परीक्षण भएको र रिपोर्ट नेगेटिभ आएको बताएकी छन् । ड्राईभरमा कोरोना पुष्टि भएसँगै उनलाई क्वारेन्टाइनमा पठाइएको बताइएको छ । उनको उपचार भइरहेको साराले जानकारी दिएकी छन् ।