आजदेखि वर्षा केही कम हुने अनुमान, न्यून चापीय रेखा दक्षिण सर्‍याे

काठमाडौं । आज देखि वर्षा केही कम हुने मौसमविद्ले अनुमान गरेका छन्। यसअघि नेपाल नजिक रहेको मनसुनी न्यून चापीय रेखा केही दक्षिण ९भारततर्फ० सरेकाले हिजो अस्तिको तुलनामा वर्षाको मात्रा केही घट्ने अनुमान मौसमविद्ले गरेका हुन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले ९मंगलबार बिहान० देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली छ भने बागमती, गण्डकी, ५, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

यस्तै दिउँसो पनि देशका केही स्थानमा यस्तै किसिमको वर्षा जारी रहने तथा राति प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

यसअघिको वर्षाको पानी जमिन भिजिसकेको हुनाले सामान्य वर्षाले पनि पहिरो जाने तथा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ।

यस्तो छ महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानस्
असार ३० गते मंगलबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीस् देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

असार ३१ गते बुधबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गणडकी, प्रदेश ५ र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

रातीस् देशभर देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

साउन १ गते बिहीबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती र कर्णाली प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

रातीस् देशभर देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केही स्थानमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Back to top button