
विराटनगर । नेपाल कम्युष्टि पार्टी मोरङका युवा तथा विद्यार्थी नेताहरुले पार्टी एकताको मर्म र भावना अनुसार कादम चाल्न आग्रह गर्दै एकताको लागि अपिल गरेका छन् ।
आज विराटनगरमा आयोजित भेलाले पार्टी केन्द्रीय तहमा देखिएको विवादलाई आधार मानेर युवा तथा विद्यार्थी कार्यकर्ता पक्ष विपक्षमा परिचालित नगर्ने तथा नगराउने समेत प्रतिवद्धता जनाएका छन् ।
यस्तै भेलाले पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई सकरात्मक खबरदारी गर्ने र दबाब दिने र युवा तथा विद्यार्थीहरुलाई पार्टी एकतालाई कमजोर पार्ने गतिविधिमा संलग्न नहुन पनि अपिल गरेको छ ।
जिल्ला युवा तथा खेलकुद विभाग प्रमुख पर्शुराम बस्नेत र उपप्रमुख इश्वरी आचार्य, अनेरास्वियु इन्चार्ज ओसिम आलम र सहइन्चार्ज भाष्कर खनाल, राष्ट्रिय युवा संघ नेपालका संयोजक नविन पौडेल र सहसंयोजक शंकर भट्टराई तथा अनेरास्ववियू सहसंयोजक टेकेन क्षेत्रीले हस्ताक्षर गरेको विज्ञप्तीमा एकता कायम राख्न दवाव दिने लगायतका उल्लेख छ ।
हिजो आइतबार विराटनगरमा प्रदेश १ भरीका जिल्ला संयोजक र सहसंयोजकको भेलाले पार्टी एकता कायम राख्न अपिल गरेको थियो ।