नेकपा नेतृत्वलाई प्रदेश १ को आग्रह ‘पार्टीलाई गम्भिर क्षति हुनबाट रोक’

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश १ का १४ वटै जिल्ला पार्टीले एक भएको नेकपा पार्टीलाई गम्भिर क्षति हुनबाट रोक्न नेतृत्वलाई आग्रह गरेका छन् ।

आइतबार विराटनगरमा प्रदेश १ का सबै जिल्ला अध्यक्ष र सचिवको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनिहरुले आपसी विवादले पार्टीलाई गम्भिर असर पुर्याउने भएकाले चाँडो समाधान गर्न आग्रह गरे ।

देशी तथा विदेशी प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त तुल्याउनु पर्ने समयमा आपसी विवादमा लाग्दा देश र जनताप्रति गम्भिर धाका हुने अवस्था सृजना भएको पत्रकार सम्मेलनमा बोल्दै नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

‘संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादउन्मुख ऐतिहाँसिक कार्यभारसहित भएको एकताको बाँकी कामलाई पुर्णता दिनुपर्ने समय हो,’ सम्पुर्ण जिल्लाको नेतृत्व गर्दै अध्यक्ष पोखरेलले भने ‘नेतृत्व तहलाई हाम्रो आग्रह पार्टी फुट होइन, अझै मजबुत बनाउँ ।’

नगरिकले दिएको करिब दुईतिहाईँ जनमतसहित इतिहासले दिएको जिम्मेवारीलाई गम्भिरतापूर्वक मनन् गर्न प्रदेश १ का जिल्लाका नेताहरुले नेतृत्वलाई आग्रह गरेका छन् । ‘हामी १४ वटै जिल्लाको तर्फबाट टुटपुट र विभाजन रोक्न पहलस्वरुप यो अपिल गरेका हौँ,’ नेकपा ताप्लेजुङ सचिव बलबहादुर साम्सोहाङले भने ‘पार्टी फुटले कसैलाई फाइदा गर्दैन ।’

नेकपा प्रदेश १ का नेताहरुले पत्रकार सम्मेलन मार्फत पार्टी सदस्यहरुले पनि पार्टी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधीमा संलग्न नहुन आग्रह गरेका छन् ।

Back to top button