कोरोना निको बनाउने खोप परीक्षणको तेस्रो चरणमा

काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयमा कोरोना विरुद्धको खोपको परीक्षण अहिलेसम्म सफल भइरहेको जनाइएको छ। बेलायतमा संसदीय सुनुवाईमा क्रममा सरकारी टोलीले विश्वविद्यालयमा विकसित भइरहेको खोप अहिलेसम्म सकारात्मक नतिजा मिलेको जानकारी दिएको छ।

कोरोना विरुद्धको खोपको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको पनि टोलीले जानकारी दिएको छ। विश्वविद्यालयले खोपको तेस्रो चरणमा ठूलो मात्रामा परीक्षण हुने जनाएको छ।

तर, विश्वविद्यालयले खोप तयार हुन कति समय लाग्छ भन्ने चाहिं परीक्षणको नतिजामा भर पर्ने जनाएको छ। चीनको वुहान शहरबाट फैलिएको कोरोनाबाट विश्वभर एक करोड आठ लाख बढी संक्रमित भइसकेका छन्।

पाँच लाख १८ हजारको मृत्यु भइसकेको छ। संक्रमित मध्ये ५९ लाख निको भएर घर फर्किएका छन्। सवैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन्। अमेरिकामा २७ लाख ७९ हजार बढीमा संक्रमण पुष्टि भएको छ भने दोस्रो बढी प्रभावित हुने मुलुक ब्राजिल ९१४ लाख०, तेस्रो मुलुक रुस ९६ लाख ५४ हजार० र भारत चौंथो ९६ लाख ५ हजार० छन्।

२१५ मुलुक मध्ये बढी प्रभावित हुने नेपाल ६१औं मुलुक बनेको छ। नेपालमा बुधबारसम्म १४ हजार ४६ जना संक्रमित पुष्टि भएको छ भने ३० जनाको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा चार हजार ६५६ जना निको भएर घर फर्किएका छन्।

Back to top button