चीनमा फेरि भेटियो कोरोनाजस्तै नयाँ भाइरस, महामारीको रुप लिन सक्ने चेतावनी

एजेन्सी । चीनमा फेरी नयाँ प्रजातीको भाइरस भेटिएको छ । यसले पनि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

नयाँ भाइरस फ्लू भाइरस रहेको र बेलैमा नियन्त्रणको प्रयास नगरे अवस्था भयावह हुन सक्ने उनीहरुको भनाइ छ । यो भाइरस अहिले सुँगुरमा पाइएको भए पनि मानिसमा सर्न सक्ने क्षमता रहेको विज्ञहरु बताउँछन् । नयाँ भाइरसमा मानिसमा पनि सर्ने र अन्ततः महामारीको रुप लिन सक्ने क्षमता देखिएको छ ।

भाइरस मानिसमा सरेमा त्यो व्यक्तीबाट अर्को व्यक्तिमा पनि सर्ने देखिन्छ । सुँगुरमा देखिएको नयाँ भाइरस सम्बन्धी प्रारम्भीक अध्ययन प्रतिवेदन नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ ।

Back to top button