
काठमाडौँ । राजधानीको कोटेश्वरमा एक महिलाले बुधबार बिहान छतबाट हाम फालेर आत्महत्या गरेकी छिन्।
पाँच दिनअघि मात्र विवाह गरेकी २६ वर्षीया निर्जला भण्डारीले अात्महत्या गरेको प्रहरीले जनाएको छ। घटनालगत्तै निर्जलालाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
बुढानिलकण्ठकी निर्जलाको असार १३ गते कोटेश्वरका पराजुली थरका युवकसँग विवाह भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।