
बेइजिङ । चीनले ‘रिजर्भ’ सेनालाई कम्युनिस्ट पार्टी र सैन्य आयोगको कमान्डमा ल्याउने भएको छ। विश्वका विभिन्न मुलुकसँग तनाव बढ्दै जाँदा कम्युनिस्ट पार्टीले जुलाई १ देखि लागू हुनेगरी सो निर्णय गरेको हो।
यसअघि ती सैनिक सैन्य संगठन र स्थानीय पार्टी कमिटीको नेतृत्वमा रहने गर्थे। चिनियाँ रक्षा मन्त्रालयका अनुसार यस्ता रिजर्भ सैनिकको संख्या करिब ५ लाख १० हजार छ।
आइतबार सार्वजनिक भएको निर्णयअनुसार नयाँ युगमा सेनालाई बलियो बनाउन रिजर्भ शक्तिको नेतृत्व परिवर्तन गरिएको जनाइएको छ। चीनले यसअघि नै १५ लाख पिपुल्स आर्म्ड पुलिस फोर्सलाई पार्टीको केन्द्रीय कमिटीको कमान्डमा ल्याइसकेको छ। एजेन्सी