
काठमाडौं । माईतिघर मण्डलामा शनिबार भएको संयुक्त आन्दोलनमा ज्ञानेन्द्र शाहीलाई राष्ट्रघातीबाट परिचालित छौंडाको आरोप लागेको छ । विभिन्न संघ–संस्थाहरु मिलेर गरिएको विरोध प्रदर्शनमा शाहीले एकलौटी कब्जा जमाएपछि शाहीलाई अन्य संघ–संस्थाका प्रदर्शनकारीहरुले शाहीलाई राष्ट्रघातीबाट परिचालित छौंडाको आरोप लगाएका हुन् ।
विरोध प्रदर्शन शान्तिपूर्ण, भाषणविहीन, सामाजिक दूरी कायम गर्दै बसेर एमसीसी विरोधका नारामात्र लगाउने सहमति भएकोमा शाहीले आफ्नो वरी–परी बडीगार्ड राखेर कार्यक्रमलाई कब्जामा लिएको आरोप लगाउँदै नेपालका लागि नेपाली अभियान, शाही युवा शक्ति, शिव सेना नेपाल, खस क्षेत्री समाजजस्ता सम्मिलित संस्थाका आन्दोलनकारीहरुले शाहीले फेग राष्ट्रवादीको नौटङ्की गरिरहेको आरोप लगाएका हुन् ।