
विराटनगर । प्रदेश १ का दुई पहाडी जिल्लामा सोमबार तमोर नदीले बगाएर तीन जना बेपत्ता भएका छन् । ताप्लेजुङ र तेह्रथुमका दुई फरक स्थानबाट तीन जनालाई तमोर नदीले बगाएको हो ।
सोमवार दिउँसो घरबाट टिपतला तर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका ६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पु¥याई बेपत्ता बनाएको थियो ।
बेपत्ता लिम्बुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
यस्तै सोमवार दिउँसो ३ बजे साथीहरुसंगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका ५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई पनि तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् ।
पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएपछि उनिहरुसँगै गएका साथीहरुले स्थानीयवासी र ईलाका प्रहरी आठराईलाई खबर गरेका थिए । उनिहरुको पनि खोजिकार्य जारी रहेको आठराई प्रहरीले जनाएको छ ।