पहिरोले थुनिएको अरुण नदी खुल्न थाल्यो, तटीय क्षेत्रमा नजान आग्रह

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका २ र ५ नम्बर वडा जोड्ने अरुण नदीमा थुनिएको पहिरो खुल्न थालेको छ । आइतबार विहान साढे ९ बजे गएको पहिरोले एक परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । पहिरोबाट प्रकाश राईको परिवारका ७ जना विस्थापित भएको छन् ।

५ सय मिटरमाथिबाट पहिरो खसेको पहिरो जमेको ड्याम अहिले क्रमश खुल्दै गएपछि तटीय क्षेत्रमा जोखिम कम हुँदै गएको संखुवासभाका प्रहरी प्रमुख डिएस्पी नवराज मल्लले बताए ।

माथिबाट झरेको पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर पानी जमेर ड्याम थियो । पहिरोले जोखिम परेका हिरा लाल राईको घर र बिर्खबहादुर राईको गोठ प्रहरीले खाली गरेको छ ।

पहिरोले थुनिएको नदी पुरै खुलिनसकेका कारण तटीय क्षेत्रमा नजान स्थानिय प्रशासनले आग्रह गरिएको छ । स्थानीय प्रशासनले सार्वजनिक सूचना निकालेर यस्तो आग्रह गरेका हुन् ।

आइतबार बिहान संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ र ५ को बीचमा पर्ने कास्वा र अरुण नदी मिसिने ओयाङस्थित दोभानमा पहिरो खसेर थुनिएपछि संखुवासभा, भोजपुर र धनकुटाका स्थानीय प्रशासनले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका हुन् ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले आइतवार एक सूचना जारी गर्दै पाख्रीबास नगरपालिका, सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका बासिन्दालाई अरुण नदीको तटीय क्षेत्रमा नजान आग्रह गरेको हो । ‘पहिरो गई अरुण नदीको केही भाग थुनिन गएको जानकारी आएकाले अरुणको तटीय क्षेत्रमा बस्ने बासिन्दाहरु नदी किनारमा नजानु प्रशासनले भनेको छ ।

अरुण थुनाएकोभन्दा तलको भागमा संखुवासभाको खाँदबारी नगरपालिकासहितका स्थान पर्छ । अर्कातिर भोजपुरका षडानन्द नगरपालिका, साल्पा सिलिच्छो गाउँपालिका, अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, हतुवागढी गाउँपालिका छन् ।

Back to top button