कम भाडा लिने जुनसुकै विमानलाई नेपालमा उडान अनुमति दिईने

काठमाडौं । पर्यटन, सस्कृति तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले उद्दारका क्रममा कुनै पनि ट्राभल एजेन्सीले अस्वभाविक भाडा लिएको पाइएमा लाइसेन्स खारेज गर्ने बताएका छन् ।

मन्त्री भट्टराईले कोरोनाको महामारीमा उद्दार गर्दा कसैले र अनियन्त्रित ढंगले भाडा उठाइएको पाइएमा लाइसेन्स खारेज हुने स्पष्ट पारे । कोरोना महामारीका समयमा विदेशमा रहेका नेपालीहरुको उद्दार गर्दा तोकिएको भाडादर महंगो भयो भन्ने सांसदको प्रश्नमा मन्त्री भट्टराईले भाडा महंगो नभएको जिकिर गरे ।

यसका लागि मन्त्रिपरिषदको बैठकले कार्यविधि पारित गरेको बताउँदै त्यसमा प्राथमिकता पनि सोही अनुसार तोकिएको बताए । जसमा सम्बन्धि देशमा रहेको नियोग वा दुतावासले प्राथमिकताका आधारमा नाम संकलन गरी पर्यटन मन्त्रालयमा बढाउने र त्यसका लागि कस्तो खालको उडानबाट आउने निश्चित हुने बताए ।

यसमा सम्बन्धित कम्पनीले कामदारलाई निशुल्क काठमाडौंमा ल्याउने हुन्छ वा सम्बन्धित देशले पनि ल्याउने खर्च सम्बन्धि देश र कम्पनीको हुने बताए । उनले त्यसबाहेक अप्ठ्यारोमा परेका र आर्थिक अवस्था कमजोर हुनेलाई सरकारलाई उद्दार उडान गर्ने बताए ।

त्यसबाहेक चौथो विकल्पमा सकेसम्म सस्तोमा भाडादर तोक्ने र सोही अनुसार आफै टिकट काटेर आउन सक्ने उनको भनाइ छ । उनले नेपाली विमान कम्पनीहरुले सरकारको तोकेको सहुलितय भाडादरमा ल्याउने दाबी गरे । नेपाली भएर हेर्दा नेपाली वायुसेवा कम्पनीलाई फाइदा पुगोस भन्ने तरिकाले हेर्छौ ।

‘केही युवासाथीहरु नेपाल एयरलाइन्समा धर्ना बस्न जानु भयो, अध्यक्षलाई हप्कीदप्की पनि गर्नु भयो, तर विदेशी विमानकम्पनीलाई प्रश्न गर्न सक्नुभएन,’ उनको भनाइ थियो । ‘वैदेशिक रोजगार कल्याणकारी कोषको कुरामा विशेष गरी खाडी देशमा जाँदा निश्चित पैसा जम्मा गर्नु भएको हुन्छ । त्यो पैसा चलाउने वा नचालउने सम्बन्धित मन्त्रालयको कुरा हो तै पनि हामीले केही पैसा त्यसबाट पनि खर्च गरौं भनेर भनेका छौं,’ उनले भने ।

उक्त रकम यहाँ आइसकेपछि होल्डिङ सेन्टरमा खाना बस्न र सम्बन्धि ठाउँमा जानका लागि सवारी भाडामा पनि खर्च हुने उनको भनाइ छ । उनका अनुसार लकडाउनको अवधिमा १०८ वटा उडानहरु भएका छन् । जसमध्ये ६६ वटा यात्रुवाहक र ४२ वटा कार्गो विमान उडान भएका छन् । जसमा ११ हजार ७०२ जना यात्रु नेपालबाट विदेश गएको बताए आएको उनले बताए । जसमध्ये ६४९ जना विदेशबाट नेपाल आएको । यस अवधिमा २५ वटा वायुसेवाले ५४ वटा उडान गरेका छन् भने ४ वटा वायु सेवाले बाँकी उडान गरेका छन् ।

Back to top button