ताप्लेजुङमा पहिरो, विद्यालयको भवन सहित चौपाया बगायो

ताप्लेजुङ । मंगलबार रातिको पहिरोले ताप्लेजुङको एक विद्यालयको भवन भत्काएको छ ।  फक्ताङलुङ गाउँपालिका–४ इखावुमा रहेको रानी आधारभूत विद्यालयको भवन भत्काएको हो ।

रातीको पहिलोले स्थानीयको चौपाया पनि बगाएको रानी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाले जानकारी दिए । पहिरोले करिब २० घरको मकबाली पनि पुरेको छ ।

शिक्षक खतिवडाका अनुसार इखावु साविक १ रेञ्जीङ तामाङको घर छेउबाट सुरु भएको पहिरोले रानी आधारभूत विद्यालयको चार कोठे पक्की भवन भत्काएको हो ।

खाजाघर र शौचालयसमेत बगाउँदा ६० जोडी डेस्कबेन्च, विद्यार्थीलाई खाजा पकाउने भाँडाकुँडा, थाल, बटुका लगायतका सबै सामान बगाएको छ ।

भक्तबहादुरको भान्साघर बगाउनुका साथै सुँगुर पुरेको छ भने फुलबहादुर तामाङको बाख्राको गोठ पुरेको पहिरो गएको ठाउँमा रहेका खतिवडाले बताए ।

बेलुका ६ बजेदेखि यो ठाउँमा वर्षा भएको थियो ।

आज (बुधबार) बिहानको मौसम भने सफा रहेको छ भने वर्षा रोकिएको छ ।

दुई वर्षअघि पनि यो क्षेत्रमा पहिरोले क्षति पु¥यएको थियो ।

Back to top button