
काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ ।
योसँगै मृतकको संख्या ४ लाख १३ हजार ११ पुगेको हो । विश्वमा संक्रमित हुने मानिसको संख्या ७३ लाख ११ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ लाख २१ हजार १८४ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै संक्रमितको संख्या ७३ लाख ११ हजार ६ सय ६० पुगेको हो । ३५ लाख ९६ हजार ५६ जना उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ८० हजार १८४ जनाको मृत्यु भएको छ ।
२१ लाख २४ हजार ६९५ जना संक्रमित भएकोमा ११ लाख ५ हजार ४२२ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३७ हजार ९३७ जनाको मृत्यु भएको छ ।
संक्रमितको संख्या २३ लाख २७ हजार २०८ पुगेको छ । त्यसमध्ये ९ लाख ५८ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३६ हजार ३२८ जनाको मृत्यु भएको छ । १४ लाख २५ हजार ६३६ जना संक्रमित भएकोमा ८ लाख ६४ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।