एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।

एमसीसीबारे छलफल गर्न मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवासमा बस्ने भनिएको सो बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिए।

‘संसदको कार्यसूचीसँग समय जुधेका कारण आजको सचिवालय बैठक स्थगित गरिएको छ’ महासचिव पौडेलले भने।

Back to top button