प्रधानमन्त्रीले जवाफ नदिए संसद चल्न नदिने कांग्रेसको चेतावनी

काठमाडौं । संसदमा आफूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिए संसद अवरुद्ध गर्ने नेपाली कांग्रेसले चेतावनी दिएको छ। मंगलबारको बैठक शुरु हुनासाथ कांग्रेसका सबै सांसदहरु उभिएका थिए।

यसपछि सभामुख अग्नि सोपकाटाले गगन थापालाई पाँच मिनेटको समय दिए। उक्त समयमा सांसद थापाले कांग्रेसले संसदमा उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरे। उनले भने, “अब बोलेर बस्ने दिन गए। हामीलाई एक–एक प्रश्नको जवाफ चाहिन्छ।”

कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्च स्तरीय समितिलाई कांग्रेसले नचिन्ने थापाले बताए। उक्त समितिका संयोजक र प्रधानमन्त्रीले कोरोना महामारी रोकथामबारे आफूहरुले उठाएको प्रश्नको जवाफ दिनुपर्ने उनले बताए।

“हामीले प्रश्न उठाएका छौं। जवाफ आएपछि मात्रै सवै प्रक्रिया सुचारु ग्र्ने अवस्थामा पुग्छौं”, सांसद थापाले भने। सरकारकै कमण्र्यता, अक्षमता र प्रधानमन्त्रीको अहंकारले महामारी बढ्दै गएको उनले भने। “सवै कुरा जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले मानिसहरुको मृत्यु भइरहेको छ”, थापाले भने।

सोमबार बसेको केन्द्रीय कार्य समिति बैठकले यो सरकारले अब कोरोनाको लडाइँबाट पार लगाउन सक्दैन भन्ने निष्कर्ष निकालेको थापाले संसदलाई जानकारी दिए। “सहयोग गर्छौ भनेर बस्दैनौं। दश अर्ब कहाँ गयो? जवाफ चाहिन्छ। हिसाबकिताब चाहिन्छ”, उनले भने।

क्वारेन्टिन मान्छे मार्ने क्याम्पमा परिवर्तन भएको थापाले बताए। “पीसीआर परीक्षणको दायरा बढाऊ हामीले भन्यौ, संसदले भन्यो र अदालतले भन्यो”, सांसद थापाले भने।

सरकार केही कर्मचारी सरुवा गरेर दोषबाट भाग्न नसक्ने बताए। क्वारेन्टिन बस्ने सबैको को पीसीआर नगर्ने र मृत्यु भएका मान्छेको परीक्षण नगर्ने नीति लिएको प्रति कांग्रेसले आपत्ति रहेको थापाले बताए।

“क्वारेन्टिनमा बसेका र मृत्यु भएका मानिसको परीक्षण नगर्ने हो भने अब परीक्षण नै बन्द गरे भयो। कोरोना मुक्त देश घोषणा गरे भयो”, थापाले भने।
आरटीडी काम लाग्दैन भन्ने थाहा पाएर पनि प्रयोग नरोकेर सरकारले अपराध गरिरहेकाले यसको जवाफ दिनुपर्ने उनले माग गरे।

Back to top button