ताप्लेजुङमा भिरबाट लडेर एक महिलाको मृत्यू

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा ४ मा एक महिलाको भिरबाट लडेर मृत्यू भएको छ । सिरिजंघा ४ फुन्द्रुवा बस्ने ३६ बर्षीया खड्गीमाया भट्टराईको भिरबाट लडेर मृत्यू भएको हो ।

विहीबार बिहान छ बजे घरबाट करिब दुई किलोमिटर निगुरे खेतमुनिको भिरतिर घाँस काट्न भनि गएकी खड्गीमाया दिउसो ३ बजे सम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्दा भिरको फेदमा मृत फेला पारेका थिए ।

ईलाका प्रहरी कार्यालय तेल्लोकले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Back to top button