क्वारेन्टाइन बसेर ५१ जना ताप्लेजुङ पुगे, सबै आ-आफ्नो गाउँतर्फ प्रस्थान

ताप्लेजुङ : रोजगारीका लागि भारत गएका ताप्लेजुङका ५१ जना शुक्रबार गृह जिल्ला आइपुगेका छन्।सुनसरीबाट बसमा आएका हुन् ।  विभिन्न नाका हुँदै स्वदेश फर्किएका उनीहरुलाई सुनसरीको भोक्राहास्थित क्वारेन्टाइनमा राखिएको थियो।त्यहाँ परीक्षण गर्दा पीसीआर रिपोर्ट नेगेटिभ देखिएपछि जिल्ला पठाइएको थियो ।

काबेलीस्थित हेल्थ डेक्समा समेत स्वास्थ्य परिक्षण गरेर जिल्ला प्रवेश गराइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । सदरमुकाम फुङलिङबाट सबैजना आ-आफ्नो गाउँतर्फ गएका छन् । सम्बन्धित स्थानीय तहले बनाएको क्वारेन्टाइनमा नभए घरैमा सुरक्षित बस्न आग्रह गरिएको छ ।

फर्किएकामध्ये बढी फक्ताङलुङ गाउँपालिकाका छन् । ताप्लेजुङबाट भारतसहित तेस्रो मुलुकमा गएका र फर्किन चाहनेको संख्या सात सय छ।  annapurna

Back to top button