
ताप्लेजुङ । ताप्लेजुङमा सर्पले डसेर एक जनाको मृत्यू भएको छ । फुङ्लिङ नगरपालिका स्थित देवलिङ्गेमा सर्पको डसाईबाट ६८ वर्षिय पत्नालाल बम्जन तामाङ्को मृत्यू भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार शौच गर्ने क्रममा घर बाहिर निस्कीएका उनलाई सर्पले डसेको थियो ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।