थप २८८ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २ हजार नाघ्यो

विराटनगर । मङ्गलवार थप २८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या २,०९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भइसकेको छ। मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले अपराह्णसम्म विगत २४ घण्टामा २८८ जनामा कोभिड १९ देखिएको बताएका हुन्।

मङ्गलवार सम्मको स्थितिमा नेपालको कुल सङ्क्रमण सङ्ख्या दक्षिण एशियाली मुलुकहरू भूटान, माल्दिभ्स र श्रीलङ्कामा भन्दा धेरै भएको छ। भूटानामा ४७ जना, श्रीलङ्कामा १,६४३ जना र माल्दिभ्समा १,८२९ जनामा सङ्क्रमण पुष्टि भएको छ।

भारतमा एक लाख ९९ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको छ भने पाकिस्तानमा ७६,३९८ जनामा, बाङ्ग्लादेशमा ४९,५३४ जनामा र अफगानिस्तानमा १६,४९२ जनामा सङ्क्रमण पुष्टि भएको छ।

कहाँ थपिए सङ्क्रमितर ?

गण्डकी प्रदेशमा थप १० जनामा कोभिड( १९ सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा स्याङ्जाका पाँच र पर्वतका पाँच जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा प्रदेश नं २ मा १२० जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यहाँ रौतहटमा ७४ जना, सर्लाहीमा २१ जना, सिराहामा १७ जना, धनुषामा चार जना, महोत्तरीमा दुई जना, सप्तरी जिल्लामा एक जना र बारा जिल्लामा १ जनामा सङ्क्रमणको पुष्टि भएको हो।

Back to top button