
बाँके । नेपालगंजबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी बाँकेको राप्ती सोनारी गाउँपालिकाको जंगलमा रोकिराखेको ट्रकमा ठोकिएर दुर्घटना हुँदा ११ जनाको मृत्यू भएको छ ।
राति १ बजे भएको दुर्घटनामा २२ जना घाइते भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
उनका अनुसार ३३ जना सवार फोर्स गाडी दुर्घटना हुँदा सबै घाइते भएका थिए । नेपालगञ्जको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
भारतबाट उद्धार गरेर नेपालगंजबाट सल्यानतर्फ यात्रु लिएर जाँदै गरेको फोर्स गाडी दुर्घटना परेको हो । दुर्घटनामा मृत्यु हुनेको नाम, ठेगाना र घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले बताएको छ ।