ताप्लेजुङमा मालबाहक ट्रक दुर्घटना, चालकको मृत्यू

ताप्लेजुङ । ताप्लेजुङमा बिहीबार दिउँसो मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । निमार्णाधिन मध्यतमोर जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आउँदै गरेको ना ६ ख ८२६२ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा चालक बाह्रदशी ६ डाँगीबारी झापाका २९ वर्षिय ज्ञानबहादुर तामाङको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णू बहादुर खड्काले जानकारी दिए ।
जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आएको ट्रक फुङलिङ नगरपालिका वडा नं ९ कटहरे भन्ने स्थानमा दिउँसो दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परि गम्भिर घाईते चालक तामाङलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यू भएको बताईएको छ । सहचालक भने सकुशल रहेका छन् । ट्रक ग्रामिण सडकबाट करिव ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण ब्रेकफेल हुनसक्ने ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख दिपक दुलालले जानकारी दिए ।
Back to top button