
काठमाडौं । कोरोना भाइरसको संक्रमण ५३ जिल्लामा पुगेको छ। शुक्रबार १७० जना नयाँ संक्रमित थपिएका छन् ।
हालसम्म सबैभन्दा धेरै संक्रमित प्रदेश नम्बर २ मा रहेका छन् । प्रदेश २ मा ४ सय ९० जना संक्रमित पुगेका छन् । प्रदेश २ पछि प्रदेश ५ रहेको छ। प्रदेश ५मा ४ सय ३३ जना संक्रमित रहेका छन् ।
त्यस्तै प्रदेश १ मा १ सय ५७ जना कोरोना संक्रमित रहेका छन् । देशभर कुल १२ सय १२ जनामा कोरोना संक्रमण भएको छ।
कुन प्रदेशमा कति
प्रदेश | जिल्ला | संक्रमित |
१ | ८ | १५७ |
२ | ८ | ४९० |
बागमती | १२ | ४४ |
गण्डकी | ५ | २० |
५ | ९ | ४३३ |
कर्णाली | ३ | ४७ |
सुदूरपश्चिम | ७ | २१ |