भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित र मृत्यू

काठमाडौं  । भारतमा कोरोना भाइरस संक्रमित एकै दिनमा ७ हजार २७० जना थपिएका छन् । एकैदिन सबैभन्दा बढी थपिएको यो नै पहिलो हो ।

यसअघि गत आइतबार मात्रै सबैभन्दा बढी २४ घण्टामा ६ हजार ९७७ जना नयाँ संक्रमित भेटिएका थिए । त्यसैगरी मृत्यु पनि २४ घण्टामा अहिलेसम्मकै उच्च भएको छ ।

१८७ जनाको मृत्यु भएको छ । बिहीबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ८५ हजार ७९२ रहेको छ । त्यस्तै २४ घण्टामा ३ हजार ४७२ जनालाई निको भएको छ ।

निको हुनेको संख्या ६७ हजार ७४९ पुगेको छ । मृत्यु हुनेको संख्या ४ हजार ५३४ पुगेको छ । २४ घण्टामा १८७ जना थपिएका हुन् ।

सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । त्यहाँमात्र ५६ हजार ९४८ जना संक्रमित रहेका छन् ।

२ हजार १९० जना नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या १ हजार ८९७ रहेको छ ।

Back to top button