
बिर्तामोड । बिर्तामोडको बीएण्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई पितृशोक परेको छ ।
प्रसाईका बाबु कृष्णप्रसादको बिहीवार दिउँसो २ : ४० बजे हृदयाघातका कारण निधन भएको हो । ८५ वर्षीय प्रसाईलाई बुधवार अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको निधन भएको हो । प्रसाईको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि शुक्रवार विहान ८ देखि १० सम्म बीएण्डसी हस्पिटल परिसरमा राखिने अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले बताए ।
शुक्रवार विहान १० बजे कनकाई माइमा उनको अन्तिम दाहसंसकार गर्ने कार्यक्रम छ ।