गुल्मीमा जनप्रतिनिधिसहित दुई जनामा कोरोना संक्रमण पुष्टि

गुल्मी, १३ जेठ । गुल्मीमा एक जनप्रतिनिधि सहित दुई जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १ जना भारतबाट आएका व्यक्ति रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।

गिरीका अनुसार गुल्मीका ३६ र ३७ वर्षीय दुई जनामा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई जनामा कोरोना पुष्टि भएको भन्दै उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको बताएको छ ।

योसँगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । एक जनाको भने उपचारको क्रममा मृत्यु भएको थियो ।

Back to top button