
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका स्थित खेवाङमा कार्यरत मा एक प्रहरीको मृत्यू भएको छ ।
गाउँमा भएको झगडा मिलाएर कार्यालय तर्फ फर्कने क्रममा सिरिजंघा गाउँपालिका ७ स्थित खेवाङ प्रहरी चौकिका इञ्चार्ज प्रहरी सहायक निरिक्षक बालकुमार राईको मृत्यू भएको हो ।
सिदिङ्वा गाउँपालिका स्थित सुरुम्खिममा भएको झगडा मिलाएर कार्यालय फर्कने क्रममा बाटैमा बिरामी भएका राईको बुधबार राती मृत्यू भएको वडाध्यक्ष नरेन्द्र तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार बुधबार दिउँसो झगडा मिलाएर कार्यालय फर्कने क्रममा बाटोमानै उनलाई अचानक बान्ता भएको थियो ।
हिड्न नसक्ने अवस्था भएकाले बाटैमा पर्ने खेवाङ स्थित कुमार सार्कीको घरमा बसेका राईको सोही स्थानमा मृत्यू भएको हो ।
राईको साथमा प्रहरी चौकिमा कार्यरत हवल्दार र १ जवान समेत थिए ।
खेवाङ प्रहरी चौकिमा करिब दुई हप्ता अघि मात्रै ईन्चार्जको जिम्मेवारी सम्हाल्न पुगेका राईको घर भोजपुर रहेको र हाल दमकमा बसोबास रहेको बुझिएको अध्यक्ष तिवारीले बताए ।
घटना पछि सदरमुकामबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटना स्थल तर्फ गएको छ ।