ताप्लेजुङका बेपत्ता याबु शेर्पा १८ दिनपछि मृत फेला

ताप्लेजुङ । सिरीजंगा गाउँपालिका–८ याम्फुदिनका २५ वर्षीय ग्याबु शेर्पा मृत अवस्थामा भेटिएका छन् । घरबाट हराएको १८ दिनमा उनको शव फेला परेको हो ।

वैशाख २१ गते दिउँसो २ बजेतिर च्याउ खोज्न निस्किएका शेर्पाको शव मंगलबार २ घन्टा टाढाको खोलामा देखिएको स्थानीय पान्जो शेर्पाले बताए । उनका अनुसार खोलामा पाहा खोज्न गएका बेला ग्याबुकै भाइ पासाङले शव देखेका हुन् ।

यसअघि ५०/६० जनाको समूहले पटकरपटक खोजी गर्दा पनि फेला पार्न सकेको थिएन ।

इलाका प्रहरी तेल्लोकबाट टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘शव पोस्टमार्टम गरेपछि थप अनुसन्धान हुनेछ,’ प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले भने ।

Back to top button