
काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरासहित नक्सा आधिकारिकरुपमा सार्वजनिक भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ नक्सा औपचारिक रुपमा बुधबार सार्वजनिक गरेको हो।
मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन्।
आधिकारिक नक्सा सार्वजनिक गरेसँगै निसान छाप, पाठ्यक्रममा पहिलो पटक लिम्पियाधुरासहितको नक्सा समेटिने छ। यो नक्सामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै ७ प्रदेश, ७५३ स्थानीय तह, ७७ जिल्ला समेटिएको छ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीसहितको प्राविधिक टोलीले यो नक्सा बनाएको हो।
Gepostet von EST Nepal am Mittwoch, 20. Mai 2020