
ताप्लेजुङ । रुखको मुढाले लागेर फुङलिङ नगरपालिका–१० मयमका ३० वर्षीय युवक बिरल तवेबुङ लिम्बुको मृत्यु भएको छ ।
पहिले नै काटेको पुरानो रुखलाई टुक्र्याउन आफन्तहरुसँगै जंगल गएका उनलाई रुख छुट्याउने क्रममा मुढाले लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णु खड्काले जानकारी दिए ।
‘पुरानो काटेको रुख अर्को रुखमा अड्केको रहेछ, बारीको डिल माथिबाट बञ्चरोले हान्दा उछिट्टिएर पेटमा लागेर मृत्यु भएको रहेछ,’ खड्काले भने, ‘पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएका छौं ।’ खड्का नेतृत्वको टोली बिहान घटनास्थलमा गएको थियो ।