विराटनगरमा घरधनीको शव घरभित्रै गाडेको अवस्थामा फेला परेपछि…

विराटनगर । विराटनगरको एक घरमा घर भित्रै गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । विराटनगर १४ का ५५ वर्षीय सत्यनारायण चौहानको घरमा भित्र गाडिएको अवस्थामा उनकै शव फेला परेको हो ।

फेलामोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार बाबु छोरा मात्रै बस्दै आएका सत्यनारणको घरमा शव फेला परेको हो । घरमा २९ वर्षीय छोरा रोहित र बुबा सत्यनारायण बस्थे ।

कान्छा छोरा नगेन्द्र चौहान बजारमा बस्थे । चार दिनयता बुबा बजार नआएपछि छोराले फोन गर्दा फोन उठेन । आएर हेर्दा घर खुल्ला थियो ।

भित्र खनिएको अवस्थामा थियो । शंकास्पद लागेपछि छोराले इलाका प्रहरी कार्यालय रानीमा खबर गरेका थिए । प्रहरी आएर हेर्दा गाडेको अवस्थामा शव भेटिएको हो । प्रहरीले शव उत्खनन गरिरहेको रानीका इञ्चार्ज प्रहरी निरिक्षक दीपक थापाले बताए ।

घटना स्थलमा मोरङमा प्रहरी उपरीक्षक विश्व अधिकारी पनि पुगेका छन् ।

Back to top button