प्रदेश १ मा थप १ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण अनुसार संक्रमण पुष्टि हुनेमा मोरङका २४ वर्षीय पुरुष रहेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार यो सँगै प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएकाहरुको जम्मा संख्या ४० भएको छ ।

प्रदेश १ मा निको हुनेहरुको संख्या भने १७ छ । आइतबार मात्रै प्रदेश १ मा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Back to top button