
विराटनगर । प्रदेश १ मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिनेमा २ जना मोरङ र १ जना धनकुटाका छन् ।
मोरङको विराटनगरकी १ महिला र १ जना पुरुष साथै धनकुटाकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना पुष्टि भएको बताईएको छ ।
प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९) पुष्टी भएकाहरुको जम्मा संख्या ३९ पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।
प्रदेश १ मा निको हुनेहरुको जम्मा संख्या १७ रहेको छ । आइतबार गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको हो । यस अघि उदयपुर, झापा, भोजपुर र मोरङमा कोरोना संक्रमित देखिएका थिए भने आइतबार नयाँ जिल्ला धनकुटा पनि थपिएको छ ।