‘कोरोनाबाट मृत्यु भएकी महिला धामीझाँक्रीका घर पनि पुगेकी थिइन्’

काठमाडौं । कोरोनका कारण ज्यान गुमाएकी सुत्केरी महिला झार फुकका लागि धामी झाँक्रीको घरमा समेत गएको खुलेको छ । शनिबार धुलिखेल अस्पतालमा निधन भएकी उनलाई बाह्रबिसेका विभिन्न धामीको घरमा समेत लगिएको थियो ।

उपचारका लागि धुलिखेल लानुअघि एक युवकले मोटरसाइकलमा राखेर धामी झाँक्रीलाई देखाउन लगेको स्थानीयले बताएका छन् । पछि एम्बुलेन्समा हालेर धुलिखेल अस्पताल उपचारका लागि लगिएको थियो ।

सुत्केरी व्यथाले महिला वैैशाख २३ गते काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी थिइन् । वैशाख २४ गते अस्पतालमा सामान्य रुपमा सुत्केरी भएकी थिइन् । वैशाख २५ गते डिस्चार्ज भई महिलालाई बाह्रबिसे नगरपालिका ९ राम्चेमा अवस्थित ठोटनेरीस्थित घरमा ल्याइएको थियो ।

महिलालाई बोलेरो गाडीमा हालेर घर ल्याइएको थियो । घरमा ल्याएपछि महिलालाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएको थियो । त्यसपछि स्थानीयले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा उपचार गराएका थिए । केन्द्रमा उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा बिहीबार साँझ पुर्याइएको थियो ।

Back to top button