लिपुलेक भारतले हडप्दा, गुगल म्यापले सगरमाथालाई चीनमा पुर्यायो

काठमाडौं । गुगल म्यापमा नेपालको सगरमाथा चीनमा देखिएको छ । यसकारण यो विषयलाई लिएर विवाद शुरु भएको छ ।

नेपालका सामाजिक संजाल प्रयोगकर्ताहरुले यसको सबैभन्दा बढी विरोध गरेका छन् । संसारभर विश्वसनिय मानिदै आएको गुगल म्यापले नेपालको भू–भागभित्र पर्ने सगरमाथा (माउण्ट एभरेष्ट) लाई चीनतर्फ देखाइदिए पछि यसको विश्वसनियतामा प्रश्न उठेको छ ।

सगरमाथाको पूर्व, पश्चिम र दक्षिण मोहोडा नेपालको भूभागमा पर्छ । उत्तरी मोहोडा भने नेपाल र चीनको सिमाको रुपमा रहँदै आएको छ ।

गुगगले आफूले राखेको नक्सा एक्युरेट राजनीतिक नक्सा नहुने भनेर प्रष्टिकरण दिएपनि कतिपय संवेदनशील विषयमा ध्यान पुर्याउनुपर्ने अधिवक्ता बाबुराम अर्यालको तर्क छ ।

साइबर कानुनका विज्ञ समेत रहेका अर्याल गुगगले आफूले राखेको नक्सा एक्युरेट राजनीतिक नक्सा हैन भनेर शुरुमै प्रष्टिकरण दिएपनि राजनीतिक सीमामा चाहि संवेदनशील हुनुपर्ने बताउँछन् ।

Back to top button