
पोखरा । मुस्ताङबाट सुत्केरी लिन पोखरा हिँडेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ भने चालक बेपत्ता छन् ।
आइतबार करिब सवा २ बजे ग १ झ ३११ नम्बरको उक्त एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका २ स्थित कालीगण्डकी नदीमा एम्बुलेन्स खसेको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए ।
एम्बुलेन्सको अवशेष फेला परे पनि चालक सुजन विक भने बेपत्ता छन ।
चालक विक कालीगण्डकीमा मुस्ताङ थासाङ गाउँपालिका–४ का हुन् । उनको खोजीकार्य जारी छ ।
दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।