
विराटनगर । नेपालमा १० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ ।
आईतबार विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नयाँ १० जना संक्रमित थपिएका हुन् ।
थपिनेमा सबै रौतहटका नागरिक छन् । संक्रमित हुनेमा रौतहट राजपुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुष छन् ।
यस्तै सोही जिल्लाको इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।