
ताप्लेजुङ । तमोर नदीमा डुबेर ताप्लेजुङमा एक युवकको मृत्यू भएको छ । ताप्लेजुङ फुङ्लिङ ३ सिटेनी का १७ बर्षीय रोसन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको हो ।
शुक्रबार दिउँसो ३ बजे घरबाट बाख्रा चराउन गएको अवस्थामा नजिकै रहेको तमोर नदीको किनारमा पौडी खेल्ने क्रममा न्यौपाने डुबेका थिए ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उनको शव नदीको २ सय मिटर तल किनारमा फेला परेको थियो ।