सीमा पारी भोकै नेपाली, भारतले खान दिन छाड्यो

झापा । भारतले दशगजामा ल्याएर नेपालीहरुलाई खानाको व्यवस्था नगरी राखेको मेचीनगर नगरपालिकाले आरोप लगाएको छ ।

नगरका प्रमुख विमल आचार्यले उनीहरुलाई तत्काल उद्धार गरेर देशभित्र ल्याउनुपर्ने अवस्था आएको हुँदा राख्नका लागि क्वारेन्टाइनको व्यवस्था गरिरहेको बताए ।

आचार्यले जो जहाँ छ उही देशको क्वारेन्टाइनमा राख्ने नेपालसँगको सम्झौता भारतले एकतर्फीरूपमा तोडेको भन्दै विरोध गरेका छन् ।

उनले भारतमा रहेका नेपालीलाई अमानवीय व्यवहार भएको दोहो¥याउँदै बोर्डरमा अलपत्र बनाइएका सबै नेपालीलाई नेपाल ल्याउने तयारी भइरहेको जनाएको छ ।

Back to top button