नेपालमा विहानै थपिए नयाँ ९ कोरोना संक्रमित, संक्रमितको संख्या २५८

विराटनगर । नेपालमा शुक्रबार बिहान थप ९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै कोरोना भाइरस संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

नेपालगञ्जमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले विहान जारी गरेको विज्ञप्ति अनुसार बाँके नैनापुर वडा १, ३ र ५ का १८ देखि ३६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको छ ।

बाग्मती प्रदेशको मकवानपुरमा समेत भाइरसको संक्रमण देखिएको छ । मकवानपुरका ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

Back to top button