६ वर्षिया बालिका सहित २ जनामा देखियो कोरोना, संक्रमितको संख्या २४५

काठमाडौं, १ जेठ । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय कोरोना पुष्टि हुनेमा कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष छन् ।

योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Back to top button