चिनले भारतलाई भन्यो ‘सीमाको परिस्थिति नचर्काउ’

काठमाडौं । दुई देशबीचको सीमाको परिस्थितिलाई जटिल बनाउने कुनै पनि काम नगर्न चीनले भारतलाई आग्रह गरेको जानकारी चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधवार बताएका छन् ।

हालै चिनियाँ र भारतीय सुरक्षाकर्मीहरूबीच भएको झडपका विषयमा टिप्पणी गर्नका लागि अनुरोध गर्दा प्रवक्ताको यो भनाइ आएको हो । दुवै पक्षले एकअर्कासँग समन्वय गरेर सीमामा सुरक्षा र शान्ति कायम गर्नुपर्ने अनि दुई पक्षको सम्बन्ध पनि सुमधुर राख्नुपर्ने झाओले जोड दिए ।

चीनले दुई देशको सीमाका विषयमा जहिले पनि स्पष्ट र एकनासे अडास राखेको अनि चिनियाँ सेनाले आफ्नो भूभागमा पर्ने क्षेत्रमा गश्ती गरिरहेको उनले बताए ।

भारतको रक्षा मन्त्रालयका एक प्रवक्ताले यस विषयमा टिप्पणी गर्दै दुई पक्षले स्थानीय स्तरमा संवाद तथा अन्तर्क्रियाको माध्यमले विवाद समाधान गरेको र सेनाले जहिले पनि स्थापित मान्यताअनुसार सीमा विवादलाई साम्य बनाउने गरेको बताए ।

उनले दुवै देशबीच अस्थायी तथा सानतिनो आमनेसामने नियमित रूपमा हुने गरेको बताए ।

Back to top button