
विराटनगर, २६ बैशाख । इलामको सुर्योदय नगरपालिका ८ मा क्वारेन्टाइन बसेर घर फर्किएका एक युवकले आत्महत्या गरेका छन् ।
बाग्लुङबाट पशुपतिनगर घर आएका युवराज दर्जीले आत्महत्या गरेको भन्न जानकारी प्राप्त भएको पशुपतिनगर प्राथमिक स्वास्थ्य चौकिका प्रशासन प्रमुख किरण खरेलले जानकारी दिए ।
दर्जी गत १६ गतेबाट सुर्योदय नगरपालिका २ पशुपतिनगरमा रहेको क्वारेन्टाइनमा बसेर २४ गते होम क्वारेन्टाइनमा बस्नेगरी छुटेका थिए ।
उनले कसरी र किन आत्महत्या गरे भन्ने विषय खुलेको छैन । अहिले पशुपतिनगरमा रहेको क्वारेन्टाइनमा १६ जना रहेका छन् ।
२४ गते एकैदिन ३९ जनालाई क्वारेन्टाइन अवधी पुरा भएपछि होम क्वारेन्टाइनमा बस्ने गरी छाडिएको प्रशासन प्रमुख खरेलले जानकारी दिए ।
नेपालका बिभिन्न जिल्ला र भारतबाट गृह जिल्ला फर्किएका ७६ जना हाल सम्म सो क्वारेन्टाइनमा बसेका छन् ।
अन्य बसै अवधि पुरा भएर घर फर्किएका र अब १६ जना मात्रै सो क्वारेन्टाइनमा बाँकी रहेका छन् ।