कतार च्यारिटीले दियो प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री

विराटनगर । प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले पीपीई, आईआर थर्ममिटर सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि आवस्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ३ सय थान, आईआर थर्ममिटर २५ ओटा, मास्क, ग्लोब्स लगायत गरि ५ हजार १ सय २५ थान सामाग्री हस्तान्तरण गरेको गरेको हो ।

विहीबार विहान सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सो स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको परियोजना व्यवस्थापक इर्साद अलिशेखले जानकारी दिए ।

सामाग्री लिदै मन्त्री घिमिरेले संकटको समयमा सबैको सहयोग आवस्यक रहेको बताउँदै स्वास्थ्य सामाग्री प्रदान गरेकोमा कतार च्यारिटी लाई धन्यवाद दिए ।

Back to top button