भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ सय नजिक

काठमाडौं । कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा बिहीबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ८५ पुगेको छ भने संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । यसैबीच १५ हजार ३ सय ३१ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ५ सय ८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ९२ जनाको मृत्यु भएको छ । भारतमा बुधबार बिहनसम्म मृत्यु हुनेको संख्या १ हजार ६९३ थियो भने संक्रमित संख्या ४९हजार ४०० थियो ।

भारतमा मंगलबार एकैदिनमा मात्र १२३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । सोमबार त्यहाँ एकै दिनमा कोरोना संक्रमणबाट हालसम्मकै सर्वाधिक १७५ जनाको ज्यान गएको थियो ।

कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकाले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएर मे १र्७ जेठ ४ै सम्म पुराएको छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । पुन १५ अप्रिलमा दोस्रो चरणको लकडाउन थपिएको थियो ।

Back to top button