
ताप्लेजुङ । ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले ताप्लेजुङमा पटक–पटक दोहोरिरहने आगलागिका घटना न्युनिकरणका लागि योजनावद्धरुपमा काम गर्ने बताएका छन् ।
हालै सरुवा भई ताप्लेजुङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका डिएसपी श्रेष्ठले बुधबार जिल्ला स्थित सञ्चारकर्मीहरु संग कुराकानी गर्दै यस जिल्लामा हुने आगलागि लगायत दैविप्रकोपका घटना न्यु्निकरणमा विशेष ध्यान केन्द्रीत गर्ने योजना रहेको बताए।
अपराधिक घटना न्युनिकरण र अपराध गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य संग–संगै दैविप्रकोपका घटना न्युनिकरणमा समेत सरोकारवालाहरु संग समन्वय गरेर अघि बढ्ने बताए । ‘यो जिल्ला आगलागि, बाडिपहिरो जस्ता घटनाको हिसाबले उच्च जोखिमा रहेको पाईएकाले प्रहरीको भुमिका यस प्रकारका घटनाको न्युनिकरणमा समेत केन्द्रीत हुन्छ’ उनले भने ।
यस्तै अपराधिक घटना घटाई वर्षौदेखि फरार रहेकाहरुको खोजतलास एवम अनुसन्धान गरि दोषीलाई कानुनी दायरामा ल्याउने कार्य पनि आफ्नो प्राथमिकतामा परेको बताए। दुई छिमेकि मुलुक संग सिमा जोडिएको यस जिल्लामा चोरी सिकारीका घटनाहरु प्रसस्तै हुने अनुमान आफुले गरेको र यसलाई पनि नियन्त्रण गर्नेमा केन्द्रीत हुने बताए ।
शान्ति सुरक्षा कायम गर्न प्रहरीको मात्रै भुमिकाले नपुग्ने भन्दै यसमा सघाउन यहाँका राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसस्था, बुद्धिजीवि लगायत सबैमा आग्रह समेत गरे।