
विराटनगर । नेपालमा पछिल्लो समय कोरोना संक्रमित ठुलो संख्या थपिए । तर, डिस्चार्ज हुनेको संख्या पनि कम छैन । बुधबार विराटनगरमा उपचार गराईरहेका मध्ये एकैपटक ६ जनामा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भए ।
कोरोना विषेश अस्पततालमा उपचार गरि डिस्चार्ज भएका उनिहरुको आत्माबल उच्च देखिन्थ्यो । डिस्चार्ज पछि ३० वर्षीय अनुस जैदीले भने ‘कहिले पनि संक्रमित भयौँ भनेर तनाब भएन, आखिर मान्छे एक पटक मर्नेनै हो,’ उनले भने ‘पहिले पनि यस्तै स्वास्थ्य अवस्था थियो अहिले पनि सामान्य ।’
उनको भनाई अनुसार मानसिक तनाब नलिए रोगलाई जित्न सकिन्छ । उनिहरुले पनि त्यसै गरे । ‘हामी संक्रमित भयौँ भन्ने सुन्दा, निको पनि हुन्छौँ भन्नेनै थियो,’ डिस्चार्ज भएकाहरुको प्रतिनिधित्व गर्दै जैदीले भने ‘आत्मबल उच्च बनाए सबै ठिक हुन्छ ।’
संक्रमित पुष्टि भए देखी डिस्चार्ज भएसम्म उपचार र व्यवस्थापनमा खटिएका चिकित्सक र कर्मचारीले राम्रो सहयोग गरेको डिस्चार्ज भएकाहरुले बताए । अस्पतालमा रहँदा चिकित्सकले आफुहरुलाई आत्माबल बढाउन अझै प्रेरणा थप गरेकामा धन्यवाद समेत दिए ।
डिस्चार्ज भएका अनुस जैदीले कुनै औषधीनै प्रयोग नगरी आफुले कोरोना जित्न सफल भएको सुनाए ।